रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश

लोकपथ
39
Shares

काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेडले आफ्नो सेवा प्रदान गर्दै आएको १३ बर्ष पूरा गरि १४ औँ बर्षमा प्रवेश गरेको छ ।

काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको फाईनान्सले यस अवधिमा काठमाण्डौंको न्यूरोड, सितापाईला, ललितपुरको ईमाडोल, चितवनको नारायणघाट, टाँडी, कास्कीको महेन्द्रपुल पोखरा, लमजुङ्गको वेशीशहर, काभ्रेपलाञ्चोकको बनेपा, गोरखाको आरुघाट, गोरखा बजार, झापाको चारआली, दमक, विर्तामोड, धुलाबारी, रुपन्देहीको मणीग्राम, भैरहवा, बुटवल, कैलालीको धनगढी, अत्तरीया, कन्चनपुरको महेन्द्रनगर, कोहलपुर र बाँके शाखासहित २१ वटा शाखा कार्यालयहरुले सेवा पुर्‍याउँदै आएको छ ।

वार्षिकोत्सवको अवसरमा फाईनान्सले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाएको छ । सोही क्रममा फाईनान्सको १३ औँ बार्षिकउत्सवको अवसरमा आईतवार काठमाण्डौं, सलम्बुटार, साँखु, काठमाण्डौंस्थित द्धन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबार विहीन सुस्त मनस्थिती भएका बालबालिकाहरु तथा मानवसेवा आश्रम, रानीवन काठमाण्डौंमा रहेका आश्रीत बालवालिका तथा वृद्धहरुलाई आवश्यक पर्ने औषधी सामाग्रीहरु वितरण गरेको छ ।

साथै, फाईनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत फाईनान्सको महेन्द्रनगर शाखाले महाकाली क्षेत्रिय अस्पताल महेन्द्रनगरमा रहेका गरिब विरामीहरुलाई फलफुल वितरण गरेको, कोहलपुर शाखाले कोहलपुरस्थित नेपाल राष्ट्रिय प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई युनिफर्म वितरण गरेको र लमजुङ्ग शाखाले चिसापानी लमजुङ्गस्थित कालिका मिलन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने प्रिन्टरसहित स्टेसनरी सामग्री वितरण गरेको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा फाईनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, सञ्चालक विनोद कुमार तण्डुकार, सञ्चालक तुल्सी प्रसाद बराल र संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन । फाईनान्सले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई मोवाईल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, एससिटी नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरु, सि आस्वा, आईपिएस, कनेक्ट आईपिएस, मोवाईल बैंकिङलगायतका अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?