‘निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकता पुष्टि गर्यो’

लोकपथ
156
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ ।

निर्वाचनपछि बसेको गठबन्धनको पहिलो बैठकले निर्वाचनको नजितापछि वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकताचलाई पुनः पुष्टि गरेको बताएको छ ।

‘हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यक्ता र सान्दर्भिकतनालाई पुनः पुष्टि गरेको छ । मुलुकमा विद्यमान चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको नतिजाले स्थायीत्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’

निर्वाचनको दौरानमा देखिएका केही असमझदारीलाई वार्ताको समीक्षा गर्दै सम्बोधन गर्ने गठबन्धनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?