कामना सेवा विकास बैंकद्वारा २६ औँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

लोकपथ
13
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा आइतवारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रोपराइटर मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्तरुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नम्बर ३ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय प्रतिनिधिहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवम् बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?