काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएपछिको सत्ता गठबन्धनको पहिलो बैठक बालुवाटारमा बसेको छ । गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सामूहिक छलफलमा जुटेका छन् । लोसपासहित गठबन्धन गरेर मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरू होमिएका थिए ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए । सत्ता गठबन्धनका शीर्ष नेताहरू साँढे ३ बजेदेखि बालुवाटारमा छलफलमा जुटेका छन् । गठबन्धन बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनबारे आज सामान्य रूपमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया