हामी बिग्रियौँ, जनताले दण्ड दिए, निर्मम समीक्षा नगरी हुन्न– पौडेल (भिडियोसहित)

लोकपथ
3.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता एवं नवनिर्वाचित प्रदेश सभासद सरल सहयात्री पौडेलले पार्टीभित्र निर्मम समीक्षाको जरुरी भएको औल्याएका छन् ।
लोकपथ टिभीको कार्यक्रम कर्माणिलाई दिएको अन्तर्वार्तामा माओवादी वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेलले २०६४ देखि अहिलेसम्म आउँदा माओवादीको आकार किन साँघुरिँदै गयो भन्ने समीक्षा जरुरी रहेको बताएका हुन् ।

हालै सम्पन्न निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्नु बाध्यताको उपज भएको भन्दै उनले एमालेसँग जस्तो सजिलै गरी कांग्रेसी मतदाताको मत नआउने अनुभव पनि आफूहरुलाई भएको बताए ।

पार्टीभित्र शुद्धीकरण जरुरी रहेको भन्दै उनले अब सबैजसो पार्टीका युवाले त्यहाँभित्र दबाब बढाउने र त्यसको लक्षण देखिन थालेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?