ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक ।कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ ।ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका कर्मचारी खटाएर भत्ता वितरण गर्ने तयारी गरेको हो ।वडा नं १८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले नगरका बासिन्दालाई सहजरूपमा सामाजिक सुरक्षा भत्ता वडा–वडाबाटै वितरण गर्ने निर्णय गरेको जानकारी दिए ।स्थानीय कुमारी विकास बंैक, साझा विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंकले उक्त नगरपालिकाको भत्ता वितरणको जिम्मेवारी लिएका छन् । तिनै बैंकका प्रतिनिधि वडाबाट भत्ता वितरणमा सहमत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?