काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा सरकारी जग्गा ओगटेर बस्दै आइरहेका भूमिहीन सुकुम्बासीले सोमबार काठमाडौंको माइतीघरमा भेला भई शान्तिपूर्ण दवाब र्याली निकालेका छन् ।
वंशीघाट, थापाथली , शान्ति नगर, शंखमुल, गैर्हीगाँउलगायत क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दवाब र्याली निकालेका हुन् ।
एकीकृत बागमती सभ्यता विकास परियोजना र काठमाडौँ महानगरपालिकाले सूचना निकाल्दै मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न खोज्दा झडप भएको थियो ।
मंसिर १२ को झडपमा परि महानगर प्रहरी प्रमुख राजु पाण्डे सहित ३३ जना नगरप्रहरी घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया