१२ माघ २०७९, बिहीवार

सजिलो सेवा अब पोखरामा

२०७९,मङ्सिर,१९,सोमवार १३:४७

18
Shares

काठमाडौं । नेपालको पहिलो डिजिटल सर्भिस मार्केट प्लेस (सेवा बजार),‘सजिलो सेवा’ ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।

अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिंग, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् ।

सन् २०१७ देखि काठमाडौं उपत्यका भित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौं उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो ।

कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ र त्यसै अनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ ।

हालसम्म कम्पनीले २ सय ५० भन्दा धेरै सेवाग्राहीमार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ । पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ ।

यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रबिन्दु पनि हो र पर्यटन क्षेत्रको प्रवर्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए ।

सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने कम्पनिको विश्वास छ ।

सेवाप्रदायकहरु सजिलो सेवासँग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिले नै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए ।

पोखरामा सजिलो सेवासँग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट सजिलो सेवा डट कम वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

उपत्यका भित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवाप्रदायकहरु माझ मासिक २० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको छ ।

सेवाग्राहीले पहिलो तीन महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा सजिलो एपको प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । पोखरापछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१९,सोमवार १३:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा

काठमाडाैं । पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरुबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी माघ ९ गते

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६