बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा

लोकपथ
21
Shares

काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्राईभेट लिमिटेडले सोमवार पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरालगायतका २२ वटा शोरुम छन् ।

पोखरामा नयाँ शोरुम १ हजार ८ सय वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १ हजार ५सय वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा (थ्री एस) सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ ।

बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा शुन्य प्रतिशत ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो । जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो ।

नेपाली बजारमा टीएनटी १ सय ३५, टीएनटी १५, पनेरा १ सय २५, टीएनटी १ सय ५० आई, १ सय ८० एस, १ सय ८० एस नियोन, ३ सय २ एस, ३ सय २ एस नियोन, टीआरके २ सय ५१, ६ सय आई र ७ सय ५२ एस मोडलहरु उपलब्ध छन् ।

यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १ सय २५ सीसी देखि ७ सय ५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू दुई लाख ६४ हजार नौ सय रुपैयाँदेखि २५ लाख १५ हजार रुपैयाँसम्म पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?