नेपाल टेलिकमले रिचार्ज कार्ड प्रयोग गरे वापत बोनस डाटा दिने

लोकपथ
78
Shares

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

ग्राहकले दुई सय रुपैयाँ, पाँच सय रुपैयाँ र एक हजार दरको रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

सो अनुसार दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत एक दिन प्रयोग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी, एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर भोलि (२०७९ मंसिर २०) देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध टेलिकमले जनाएको छ ।

यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको टेलिकमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?