१६५ निर्वाचन क्षेत्रकै परिणाम सार्वजनिक : ५ स्थानमा स्वतन्त्रले जिते, को कहाँ ? (सूचीसहित)

लोकपथ
390
Shares

काठमाडौं । आम निर्वाचनको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ ।

सोमबार दोलखाको अन्तिम परिणाम आएसँगै १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार ५७ निर्वाचन क्षेत्रमा जितेसँगै नेपाली कांग्रेस पहिलो दल बनेको छ । त्यसैगरी ४४ स्थानमा जित हासिल गरेसँगै नेकपा एमाले दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्द्रले १८ स्थानमा जितेको छ ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १०, जनता समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ स्थानमा जित हासिल गरेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १, नेपाल किसान मजदुर पार्टीले १ र जनमत पार्टीले १–१ स्थानमा जित हासिल गरेका छन् ।

त्यस्तै देशभरबाट स्वतन्त्रले ५ निर्वाचन क्षेत्रमा जित हात पारेको आयोगले जनाएको छ ।

यता समानुपातिकमा भने नेकपा एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत प्राप्त गर्दै पहिलो दल बनेको छ । त्यस्तै २६ लाख ६० हजार २ सय ४६ मतसहित समानुपातिकमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र ११ लाख ६२ हजार १ सय २४, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५ सय ४३ मत प्राप्त गरेको छ ।

केही स्थान बाहेक अन्य स्थानको समानुपातिकको अन्तिम परिणाम आउने क्रम जारी छ ।


     तथ्यांक : निर्वाचन आयोगबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?