सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

लोकपथ
0
Shares

सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक एक गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । इन्जुरी समयमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २० को अग्रता दिलाएका थिए श्र जारी विश्वकपमा उनको पहिलो गोल हो ।

खेलको ५७औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे । विश्वकपमा उनको तेस्रो गोल हो । अब, इंग्ल्यान्डले अन्तिम आठमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?