इरानमा महिलालाई हिजाब लगाउन बाध्य पार्ने नैतिकता प्रहरी एकाइ खारेज

लोकपथ
0
Shares
A protester holds a portrait of Mahsa Amini during a demonstration in support of Amini, a young Iranian woman who died after being arrested in Tehran by the Islamic Republic’s morality police, on Istiklal avenue in Istanbul on September 20, 2022. – Amini, 22, was on a visit with her family to the Iranian capital when she was detained on September 13 by the police unit responsible for enforcing Iran’s strict dress code for women, including the wearing of the headscarf in public. She was declared dead on September 16 by state television after having spent three days in a coma. (Photo by Ozan KOSE / AFP) (Photo by OZAN KOSE/AFP via Getty Images)

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी एक युवतीको मृत्युसँगै देशव्यापी फैलिएको दुई महिना लामो प्रदर्शनपछि इरानले अन्ततः आफ्नो नैतिकता प्रहरी एकाइहरू खारेज गरेको एक शीर्ष न्यायिक अधिकारीले जानकारी दिएका छन् । हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यमा महसा अमिनिलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ ।

नैतिकता प्रहरी इकाइहरू खारेज गर्न विपक्षी दलहरूको तीव्र दबाबबीच सरकारको पछिल्लो निर्णय आएको हो । उनीहरुले नैतिकतासम्बन्धी प्रहरीका गतिविधि नियन्त्रण गर्न पनि माग गरेका थिए ।

‘नैतिकता पुलिसको न्यायपालिकासँग कुनै सरोकार छैन र यसलाई खारेज गरिएको छ’, एक धार्मिक सम्मेलनमा ‘नैतिकता प्रहरीलाई किन बन्द गरिँदै छ ?’ भन्ने एक सहभागीको प्रश्नको जवाफ दिँदै महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?