पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकपको क्वाटरफाईनलमा प्रवेश

लोकपथ
130
Shares
AL WAKRAH, QATAR – NOVEMBER 22: Olivier Giroud of France celebrates with Kylian Mbappe after scoring their team’s fourth goal during the FIFA World Cup Qatar 2022 Group D match between France and Australia at Al Janoub Stadium on November 22, 2022 in Al Wakrah, Qatar. (Photo by Clive Mason/Getty Images)

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आइतवार भएको पहिलो खेलमा फ्रान्सले पोल्याण्डलाई हराएको छ । जितसँगै फ्रान्स विश्वकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

नेपाली समयअनुसार आइतवार बेलुका पौने ९ बजे शुरु भएको खेलमा फ्रान्सले १–० को जित हात पारेको हो । फ्रान्सका लागि ओलिभियर गिरोउडले खेलको पहिलो हाफको ४४ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरे ।

त्यस्तै, फ्रान्सको जितका लागि खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा कायलिन एम्बाफेले अर्को गोल थपे । एम्बाफेको गोलसँगै फ्रान्सले पोल्याण्डविरुद्ध २–० को अग्रता कायम गर्यो ।

खेलको ९१ औँ मिनेटमा एम्बाफेले आफ्नो व्यक्तीगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता तेब्बरको बनाए । सो अग्रतासँगै बनेको ३–० को गोलअन्तर फ्रान्सको जितका लागि निर्णायक साबित भयो ।

अन्तिम समयमा पोल्याण्डले पाएको पेनाल्टिको सदुपयोग गर्दै रोर्बट लेवान्डस्कीले गोल गरेर ३–१ बनाएपनि पराजय भने भोग्नुपर्यो । यो हारसँगै पोल्याण्डको विश्वकप यात्रा अन्तिम १६ सम्म पुगेर टुंगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?