दोलखामा ३० वर्षे इतिहास ब्रेक गर्दै कांग्रेसका कुन्दन राज काफ्ले विजयी

लोकपथ
676
Shares

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई आठ हजार ४२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २२ हजार ७ सय ९७ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले मत १४ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । बि.स. २०५२ सालको उप—निर्वाचनमा स्व. नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

कांग्रेसको ३० वर्षपछि शाख फिर्ता ल्याउँने को हुन काफ्ले :-

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनिति शुरु गरेका थिए । काफ्ले स्ववीयु सदस्य हुदै पशुपति क्याम्पसको स्ववीयू सचिव–२०५७ मा बनेका थिए ।

बि.स. २०६० सालमा पशुपति क्याम्पस स्ववीयू सभापति बनेका काफ्ले लगतै अर्थात बि.स.२०६१ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले बि.स. २०७३ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री बनेका थिए ।

नेपाली कांग्रेस १२ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औँ महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने । भने कांग्रेस १४ औँ महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?