माओवादी बैठकमा विशेष महाधिवेशनको माग

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग गरिएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा केही नेताहरुले विशेष महाधिवेशनको माग गरेका हुन् ।

चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेका हुन् ।

उनीहरुले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरुले जोड दिएका थिए ।

‘पार्टीले किन हार्‍यो ? किन मत कम आयो ? भनेर पनि पदाधिकारीको मत आएको छ’, बैठकपछि एक नेताले भने, ‘ती सबै मतलाई प्रतिबेदनको रुपमा प्रचण्डले तयार गर्ने छन् । त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।’
बैठकमा टिकट नपाएकाले किन नदिएको भन्दै नेतृत्वलाई प्रश्नसमेत गरेका थिए ।

यस्तै टिकट पाएर हारेकाले भने देशी विदेशी षड्यन्त्रबाट आफू पराजित भएको बताएका थिए । यस्तै अन्तरघातको विषय पनि बैठकमा उठेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?