आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

लोकपथ
156
Shares

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् ।

शनिबार नाउसेरा जिल्लाको आकोरा क्षेत्रमा प्रहरीको भ्यानमा आतङ्ककारीहरुले आक्रमण गरेका थिए । सो आक्रमणमा घाइते भएका तीन जना प्रहरीलाई तत्काल अस्पताल लगिएको तर उनीहरुलाई मृतक घोषणा गरिएको समाचारमा जनाइएको छ ।

प्रतिबन्धित आतङ्कवादी संगठन तेहरिक–ए–तालिबान पाकिस्तानले यस हप्ताको सुरुमा सरकारसँगको युद्धविराम रद्द गरेपछि पाकिस्तानका केही भागहरूमा, विशेष गरी पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तमा हालसालै आतङ्कवादी आक्रमणहरूमा उल्लेखनीय वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?