गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहन्छ : माओवादी केन्द्र

लोकपथ
156
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारेका छन् ।

पार्टी पदाधिकारीको आइतबार सम्पन्न बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नगरेको बताए ।

उनले चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको र अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने बताएका छन्।

गुरूङका अनुसार सत्ता गठबन्धनको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा पनि चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?