खराब ब्याटिङपछि नेपाल १३७ रनमा अलआउट

लोकपथ
91
Shares

काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगकाे खेलमा खराब ब्याटिङ गरेकाे छ ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, राेहित पाैडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?