कांग्रेसमा अन्तर्घात गर्नेको विवरण पुस १५ भित्र पठाउन निर्देशन

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ। केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति निकालेर अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन भनेको हो।

जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न सक्नेछन्। यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।

यस्ताे छ विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?