गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा ३ उच्चस्तरीय शोरुमको उद्घाटन

लोकपथ
78
Shares

काठमाडौं । नेपालमा ३८ वषदेखि सेवा दिँदै आएको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टले चन्द्रपुर, नारायणघाट र हेटौंडामा ३ वटा उच्चस्तरीय शोरुमको उद्घाटन गरेको छ ।

नेपालका लागि लुब्रिकेन्टको उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको हो ।

ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ । सो शोरुमहरको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् ।

समारोहमा बोल्दै करण चौधरी भने,“गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । उत्कृष्ट प्रर्फमेन्श र अनम्याच क्वालिटीका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।”

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार,“यो नयाँ उच्चस्तरीय शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्ध गराउने छौं र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्नपाउने छन् । गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दैछौँ जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नेछन् ।”

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?