पुन: ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि सोमवार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।

मंसिर २० गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस १९ गते, २०७९ फागुन २३ गते र २०८० जेठ २३ गते तोकिएका छन् । यिट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाइ छ । यसअघि पनि राष्ट्र बैकले १६ अर्ब ६३ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?