माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु, के–के छन् एजेण्डा ?

लोकपथ
195
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । केही समय अघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।

आजको बैठकमा निर्वाचनको समीक्षासहित अब बन्ने नयाँ सरकार निर्माणका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शनिबार बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जानेसहित गठबन्धन बाहेक अन्य दलहरुसँग समेत सहकार्य गर्ने बाटो खुला गरेको थियो ।

माओवादीको उक्त निर्णयसँग गठबन्धनमा हलचल समेत पैदा भएको छ । माओवादी केन्द्रको निर्णयले वर्तमान गठबन्धनबाट माओवादी छुट्टिएर कतै एमालेसँग मिलेर सरकार बनाउने त होइन भन्ने संसय पैदा भएको छ ।

आजको बैठकले त्यस विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?