इंग्ल्याण्ड भर्सेस सेनेगल : पहिलोपटक आमने सामने हुँदै

लोकपथ
234
Shares

काठमाडाैं । फिफा विश्वकप २०२२ को नकआउट राउण्ड शुरु भएको छ । आज दुई खेलहरु हुनेछन् । पहिलो खेल फ्रान्स र पोल्याण्डबीच हुनेछ ।

त्यस्तै दोस्रो खेलमा इंग्ल्याण्डले सेनेगलको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार राति १२:४५ मा शुरु हुनेछ । आजको खेलमा इंग्ल्याण्डलाई बलियो मानिएको छ तर सेनेगललाई पराजित गर्न उनीहरुका लागि सहज भने पक्कै छैन ।

हेड टु हेड –

इंग्ल्याण्ड र सेनेगल पहिलो पटक आमनेसामने हुँदैछन् । इंग्ल्याण्ड लगातार दोस्रो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न चाहन्छ । सन् २००२ पछि सन् २००६ मा पनि इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुग्न सफल भएका थियो ।

सेनेगलले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ०-२ ले हार बेहोरेको थियो तर त्यसपछि टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो खेलमा सेनेगलले आयोजक कतारलाई ३-१ गोल ​​अन्तरले हराएको थियो । यससँगै अर्को खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सेनेगलको टोली कुनै एक खेलाडीमा निर्भर छैन। अहिलेसम्म सेनेगलले टोलीको रूपमा उत्कृष्ट प्रदर्शन गरेको छ, तर धेरै अवसरहरू सिर्जना गरेर गोल गर्न असफल भएको छ। सेनेगलले यो कमजोरीलाई आज ध्यानमा राख्नुपर्नेछ ।

प्लेयर्स टु वाच

इंग्ल्याण्ड- बुकायो साका
सेनेगल- स्माइल सार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?