नेपालले स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्दै

लोकपथ
39
Shares

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले ब्याटिङ गर्दै छ । स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु भएको छ । यस सिरिजमा दुबै राष्ट्रले आफ्नो दोस्रो खेल खेल्दैछन् ।

पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालको भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोली नामिबियासँग अंक बाडेको थियो ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?