रवीको पार्टीमा विवाद, जिल्ला सभापति हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्राचार

लोकपथ
559
Shares

काठमाडौं । रवी  लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद शुरू भएको छ । उक्त पार्टीको मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउन मागसहित त्यहाँका २४० जना सदस्यहरुले केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित न्यौपानेलाई कारवाही माग गरिएको हो । मकवानपुरस्थित २४० जना पार्टी सदस्यहरु उनलाई पदबाट हटाउन मागसहित आइतबार केन्द्रीय कार्यालयमा पत्र पठाएका हु्न् ।

उनले रास्वपाका समानुपातिक उम्मेदवारलाई अर्को पार्टीका उम्मेदवारसँग भेटाएर मिलेमतो गरेको आरोप लागेको हाे । आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भएको उल्लेख गरेका छन् ।

न्यैपानेलाई गत साउनमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्ला सभापतिमा चयन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?