दोलखाबाट प्रदेश सभा ‘ख’मा भरत केसी विजयी

लोकपथ
364
Shares

दोलखा । दोलखाको प्रदेश सभा ‘ख’मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसी प्रदेश सभा सदस्यमा १ हजार ८१९ मतान्तरका साथ विजयी भएका हुन् ।

एमालेका केसीले १९ हजार ४१४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरी पराजित भए ।

नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै केसीलाई बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?