दोलखा । दोलखाको जारी मतगणनमा प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेको जित निश्चित भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार काफ्ले भारी मतान्तरसहितको अग्रतामा रहेका छन् । हालसम्म काफ्लेले १७ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता काफ्लेको जित सुनिश्चित भएसँगै बागमती प्रदेशमा अब बन्ने प्रदेश सरकारमा मुख्यमन्त्रीमा बलियो दावेदारी रहने चर्चा सुरु भएको छ ।
मुख्यमन्त्रीका लागि अहिलेसम्म इन्द्र बानियाँ र बहादुर सिंह लामाको पनि चर्चा छ । तर, दुवैजना केन्द्रीय सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर निकट नेताबीच आपसमा रस्साकस्सी भइरहँदा कांग्रेस भित्रै काफ्ेलेको पनि चर्चा हुन थालेका हो ।
कृष्ण सिटौला र प्रदीप पौडेल निकट मानिने काफ्ले महामन्त्री गगन थापासँग पनि निकठस्त मानिन्छ । सिटौला , पौडेल दुवै जनका साथमा काफ्ेले मुख्यमन्त्री बन्ने सम्भावना बढेको देउवा निकटका नेताहरु नै बताउँछन् ।
अहिले चर्चामा आएका नामहरुमध्ये काफ्ले युवा उमेरमा राम्रो राजनीतिक छवि बनाएका नेता भित्र पर्छन् । केन्द्र सरकारमा गगन थापा , विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुले प्रभाव जमाइरहँदा प्रदेशमा काफ्लेको चर्चा चुलिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नेपाल विद्यार्थी संघको महामन्त्री समेत बनेर काम गरेका काफ्ले गणतान्त्रिक आन्दोलनमा सडकबाट प्रखर आवाज बोल्ने नेताको रुपमा परिचित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया