२० मङ्सिर २०८०, बुधबार

निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह

२०७४,कार्तिक,३,शुक्रवार ०५:१३

0
Shares

ललितपुर, ३ कात्तिक ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन ।नेपाल संवत् ११३८ समारोह समितिद्वारा यहाँ आज आयोजित सांस्कृतिक ¥यालीको उद्घाटन गर्दै उहाँले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए ।उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए।समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए ।सो अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरे । उनले नेपाल सम्बतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण पनि गरे ।सांस्कृतिक ¥याली पाटन दरबार, मंगलबजारबाट शुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ०५:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार