फ्रान्स भर्सेस पोल्याण्ड : यी हुन् ‘प्लेयर टु वाच’

लोकपथ
217
Shares

काठमाडाैं । कतारमा जारी फिफा विश्वकपको २२ औं संस्करणको नकआउट चरणको दुई खेल भइसकेका छन् । नकआउट चरणको पहिलो खेलमा नेदरल्यण्ड र दोस्रो खेलमा अर्जेन्टिना विजयी हुँदै क्वाटर फाइनलमा आफ्नो स्थान बनाइसकेका छन् ।

आज हुने दुई खेलमध्ये पहिलो खेलमा फ्रान्सले पोल्याण्डको सामना गर्दे छ । त्यस्तै दोस्रो खेलमा इंल्याण्ड र सेनेगल भिड्दै छन् । प्रि–क्वाटरफाइनलमा आज फ्रान्सले पोल्यान्डसँग खेल्दैछ । फ्रान्स र पोल्याण्डबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ ।

पोल्याण्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै छ । शुरुवाती दुई खेलमा जित निकालेको फ्रान्स अन्तिम खेलमा दोस्रो रोजाईको टोली उतार्दा ट्युनिसियासँग १–० ले पराजित भएको थियो । यता पोल्याण्ड पनि रोबर्ट लेवान्डोस्कीको कप्तानीमा फ्रान्सलाई स्तब्ध पार्न चाहान्छ ।

फ्रान्स र पोल्याण्डको हेड टु हेड 

फ्रान्स र पोल्याण्ड हालसम्म १६ पटक आमने सामने भएका छन् । १६ पटकको भेटमा फ्रान्स ५ पटक विजयी भएको छ । त्यस्तै, पोल्याण्डले ३ खेल जितेको छ । उनीहरु बीचको ५ खेल बराबरीमा सकिएको छ ।

प्लेयर टु वाच

फ्रान्स-केलियन एमबाप्पे
पोल्याण्ड-रोबर्ट लेवान्डोस्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?