बाजुरा प्रदेशसभा (२) बाट कांग्रेसका शाही निर्वाचित

लोकपथ
52
Shares

बाजुरा । बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरेका हुन् । सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता संख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो ।

कार्यालयले शनिबार बेलुकी प्रदेशसभा–१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलकाअनुसार प्रदेशसभा–१ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइ सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?