बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

लोकपथ
70
Shares

बाजुरा । एक मात्र  प्रतिनिधि सभा क्षेत्र रहेकाे बाजुरामा  नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले जित नकालेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन्।

उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। पराजित थापाले २६ हजार ३ सय ४९ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?