प्रतिनिधि सभातर्फ स्याङ्जाको दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी

लोकपथ
78
Shares

काठमाडौं । प्रतिनिधि सभातर्फ स्याङ्जाको दुवै क्षेत्रमा नेपाली कांग्रेसले जित हात पारेको छ । क्षेत्र नम्बर १ मा कांग्रेसका राजु थापा र २ मा कांग्रेस उप–सभापतिसमेत रहेका धनराज गुरुङ विजयी भएका हुन् ।

क्षेत्र नम्बर १ मा थापाले एमालेका नारायण प्रसाद मरासिनीलाई पराजित गरे । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा एमालेका मरासिनीले २८ हजार ७ सय ४४ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी ६ हजार ६५ मतका साथ तेस्रो भए ।

सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर १ तर्फ एमालेकी सीता कुमारी सुन्दास १४ हजार ६ सय ९० मतका साथ विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अमृता थापाले १३ हजार २ सय ६७ मत प्राप्त गरिन् । यसैगरी राप्रपाका सूर्यलाल श्रेष्ठ १ हजार ५ सय ११ मत पाएर तेस्रो बने ।

यसैगरी, प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका बुद्धि बहादुर रानालाई पराजित गर्दै एमालेका सुधीर कुमार पौडेल विजयी भए । पौडेलले १७ हजार ४ सय ४१ मत ल्याएर विजय हासिल गर्दा रानाले १४ हजार ४ सय ३५ मत पाए । राना जम्मा ६ मतले पराजित भएका हुन् ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा धनराग गुरुङ ३१ हजार ४ सय ६६ मतका साथ विजयी हुँदा एमालेकी सचिवसमेत रहेकी पद्मा कुमारी अर्यालले २५ हजार ८३९ मत पाएर पराजय भोगिन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीक राज गुरुङले ८ हजार १ सय १३ मत पाएर तेस्रो भए ।

सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका भोजराज अर्याल १५ हजार १ सय ६१ मतका साथ विजयी हुँदा एमालेका मोहन प्रसाद रेग्मी १२ हजार ४ सय ३१ मत ल्याएर पराजित बने ।

यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका महेश भट्टराई १८ हजार ७ सय ८८ मत पाएर विजयी हुँदा एमालेका बुद्धिमान श्रेष्ठ १७ हजार २ मत पाएर पराजित बने । स्याङ्याको दुई प्रदेशसभामा एमालेले सत्ता गठबन्धन भत्काउन सफल भएको नतिजाले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?