प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, दुवै क्षेत्रमा गठबन्धनलाई पच्छ्याउँदै एमाले

लोकपथ
65
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुन अब मात्र दुई वटा निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार अझै दोलखा र बाजुराको नतिजा आउन बाँकी रहेको छ ।

दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । जारी मतगणनाअनुसार बाजुरामा कांग्रेसका बद्री पाण्डेले फराकिलो अग्रता बनाएका छन् भने एमालेका कर्ण थापा पछि परेका छन् ।

यस्तै, दोलखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहँदा एमालेका बालकृष्ण शिवाकोटीले उनलाई पच्छ्याइरहेका छन् ।

आजै स्याङ्जा २ को मतगणना सकिएको छ । जसमा सत्ता गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?