अमेरिकाविरुद्धको खेलमा नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता

लोकपथ
91
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् । अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो ।

अमेरिकाले पछिल्लो खेलबाट टोलीमा २ खेलाडी परिवर्तन गरेको छ । इरानविरुद्ध १–० को जित दर्ता गर्दा विजयी गोल गरेका क्रिस्टियन पुलिसिच सुरुवाती रोजाइमा अटाएका छन् । इरानविरुद्ध पहिलो हाफको अन्त्यतिर गोल गर्दा घाइते भएपछि दोस्रो हाफ खेलेका थिएनन् ।

आज अमेरिकाले आक्रमणमा जेसस फरेरालाई स्थान दिएको छ । विश्वकपमा उनले पहिलो पटक खेल्ने अवसर पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?