गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवामा अब नेपाल पे क्यूआर उपलब्ध

लोकपथ
42
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग गरिमा डिजिटल बटुवाबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यू आरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे क्यूआर स्थापना र सञ्चालनमा आएको हो,जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपाल पे क्यूआरमा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एपमार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपाल पे क्यूआर जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा बैंकले गरेको बताएको छ साथै डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । गरिमा विकास बैंकले नेपालभरी १ सय २१ वटा शाखा कार्यालयहरु र ५१ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?