राष्ट्र बैंकद्वारा ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुको आयातलाई सहजीकरण

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुको आयातमा सहजीकरण गरेको छ । राष्ट्र बैंकले शुक्रवार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे एकीकृत परिपत्र २०७८ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

विदेशी विनिमय कारोबार गर्न अनुमती प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन गरी शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाएको राष्ट्र बैंकले जनाएको छ । यी वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा यो परिपत्र जारी भएपनि भने अग्रिमरुपमा पैसा भुक्तानी गर्नुपर्ने छैन । बैंकहरुले आवश्यकता अनुसार सामान आएपछि मात्र भुक्तानी गर्दा हुन्छ ।

परिपत्र अनुसार सार्वजनिक खरीद कानुन लागू हुने निकायहरुले बोलपत्र आह्वान गरी खरीद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धी सार्वजनिक निकायलाई आपूर्ति गर्ने प्रयोजनका लागि गर्ने आयातमा पनि मार्जिन आवश्यक नपर्ने उल्लेख छ । उक्त व्यवस्था अनुसार सर्जिकल उपकरण आयातमा पनि मार्जिन आवश्यक नरहेको परिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?