पत्रकारका लागि स्वास्थ्य उपचारमा छुट

लोकपथ
39
Shares

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखा र वि एण्ड वि अस्पतालबीच पत्रकार र आश्रीत परिवारको उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य उपचारमा छुटका लागि शुक्रवार सम्झौता भएको छ ।

हिजो एक कार्यक्रमका बीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए । उनका अनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागु भई दुईबर्षसम्म रहने छ । सम्झौता पत्रमा उल्लेख भए अनुसार यो सुविधा नेपाल पत्रकार महासंघमा आवद्ध सबै शाखाका सदस्यहरु, पत्रकारका श्रीमान तथा श्रीमती, बुबा–आमा, छोराछोरीले पाउनेछन् । सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरी कार्कीले हस्ताक्षर गरेका छन् भने वि एण्ड वि अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डाक्टर निरज लाल वैद्य र कार्यकारी व्यवस्थापक डाक्टर रिना वैद्यले गरेकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?