नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौंता

लोकपथ
91
Shares

काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौंता भएको छ । दुबै निकायले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता गरेका हुन ।

सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ । सम्झौता पत्रमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौंता कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने बताइन् ।

त्यसैगरी, नेपाल नागरिक उड्यन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामीदिनमा नेपाल बैंक र नागरिक उड्ययन प्राधिकरणको सम्वन्ध थप प्रगाढ बन्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?