कतार विश्वकप राउण्ड अफ १६ : यस्तो छ नेदरल्याण्ड्स र अमेरिकाको हेड टु हेड

लोकपथ
104
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आजबाट नकआउट चरणका खेलहरु हुँदैछन् । विश्वकप अन्तर्गत राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्ने छन् ।

नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । खेल राति पौने नौ बजे सुरु हुनेछ । डच टोली अमेरिकालाई हराउँदै अन्तिम आठमा पुग्न चाहन्छ । नकआउट चरणमा नेदरल्यान्ड्सको इतिहास राम्रो रहेको छ ।

नेदरल्यान्ड्सले राउण्ड अफ १६ को पछिल्लो ५ खेलमा ४ जित निकालेको इतिहास छ । अमेरिकाविरुद्ध नेदरल्यान्ड्स उक्त इतिहासलाई कायम राख्न चाहन्छ ।

यता, अमेरिका नेदरल्यान्ड्सलाई हराएर इतिहास बनाउन चाहन्छ । युरोपियन प्रतिद्वन्दीविरुद्ध अमेरिकाले विश्वकपमा अहिलेसम्म जित निकाल्न सकेको छैन ।

यस्तै, अमेरिकाले विश्वकपको राउण्ड अफ १६ मा अहिलेसम्म जित निकाल्न सकेको छैन ।

यस्तो छ नेदरल्यान्ड्स र अमेरिकाको हेड टु हेड

नेदरल्यान्ड्स र अमेरिकाबीच अहिलेसम्म पाँच खेल भएका छन्। जसमध्ये चार खेल नेदरल्यान्ड्सले जितेको छ । एक खेलमा अमेरिका विजयी भएको छ ।

आज हुने खेलमा दुवै राष्ट्रको सम्भावित सुरुआती–११ खेलाडीहरु

नेदरल्यान्ड्सको तर्फबाट आजको खेलमा एन्ड्रिस नोपर्ट, जुरियन टिम्बर, भिर्गिल भान डाइक, नाथन एके, डेनजेल डम्फ्रिज, मार्टेन डे रुन, फ्रेन्की डे योङ, डेली ब्लाइन्ड, डेभी क्लासेन, मेम्फिस डिपे, कोडी गाक्पो मैदानमा देखिन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै, अमेरिकाको तर्फबाट म्याट टर्नर, सर्जिनो डेस्ट, क्यामरून कार्टर(विकर्स, टिम रेम, एन्टोनी रोबिन्सन, टायलर एडम्स, युनुस मुसाह, वेस्टन म्याकेनी, क्रिश्चियन पुलिसिच, जोश सार्जेन्ट, तिमोथी वेह खेल्ने आँकलन गरिएको छ ।

प्लेयर्स टु वाच नेदरल्यान्ड्सका कोडी गाक्पो र अमेरिकाका वेस्टन म्याकेनी प्लेयर्स टु वाचमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?