फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद

लोकपथ
91
Shares

चीन । पूर्वी चीनको फुजियान प्रान्तका तटरक्षक अधिकारीहरूले करिब ३६ मिलियन युआन (करिब ५१ मिलियन अमेरिकी डलर) मूल्य बराबरको करिब ६०० टन तस्करी गरिएका सामान बरामद गरेको छ ।

नोभेम्बरको शुरुमा तटरक्षक अधिकारीहरूले सामानको तस्करी हुन लागेको गोप्य जानकारी पाएपछि फुजियानको राजधानी फुझाउको तटमा दुईवटा जहाजहरू माथि निगरानी बढाएको थियो ।

निगरानी पछि सो अवैध कारोबारमा संलग्न १४ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?