गत साताको तुलनामा बढ्यो नेप्से

लोकपथ
0
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) र कारोबार रकम परिसूचक सेनसेटिभ इन्डेक्श गत साताको तुलनामा यो साता बढेको छ । गत साता नेप्से तीन दिन मात्र खुलेको तर यो साता भने नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये तीन कार्य दिन लगातार नेप्से बढेको थियो । यसले गर्दा पनि साप्ताहिक कारोबार रकम गत साताको तुलनामा बढेको हो ।

नेप्से यो साता १९ सय ६१ दशमलव शुन्य छ अंकमा कायम रहँदा (क) वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव ६६ अंकमा कायम रहन पुगेको छ ।

साताभर दुुई सय ४१ वटा कम्पनीहरुको एक लाख १० हजार नौं सय ५७ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६७ लाख ९६ हजार नौ सय ६९ कित्ता किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले बढी हो ।

गत साता तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रुपैयाँको शेयर कारोबार भएको थियो । कुल दुुई सय ३२ वटा कम्पनीहरुको ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने दोस्रो र चौंथो दिन घटेको थियो ।

जसमध्ये पहिलो दिन ३२ दशमलव ४३ अंकले बढेर १९ सय ६५ दशमलव ९८ बिन्दुुमा पुग्न सफल भएको नेप्से दोस्रो दिन भने १५ दशमलव ६१ अंकले घटेर १९ सय ५० दशमलव ३७ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन भने दुई दशमलव ९९ अंकले बढेर १९ सय ५३ दशमलव ३५ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन भने तीन दशमलव ५१ अंकले घटेर १९ सय ४९ दशमलव ८५ अंकमा खुम्चिएको थियो । पाँचौं दिन भने ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव छ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन पाँच दशमलव ३४ अंकले बढेर तीन सय ८६ दशमलव २६ अंकमा पुग्न सफल भएकोमा दोस्रो दिन भने तीन दशमलव ६५ अंकले घटेर तीन सय ८२ दशमलव ६१ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन भने शुन्य दशमलव शुन्य आठ अंकले बढेर तीन सय ८२ दशमलव सात अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने शुन्य दशमलव ८५ अंकले घटेर तीन सय ८१ दशमलव ८४ बिन्दुमा खुम्चिएको थियो । पाँचौं दिन भने एक दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६६ अंकमा पुग्न सफल भएको थियो ।

रकम कारोबारका आधारमा यो साता हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक, शिवम सिमेन्ट लगायतका कम्पनीहरु अगाडि परेका छन् भने कारोबार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि परेका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा)

  दिन        कम्पनी संख्या    कारोबार संख्या         कित्ता       कारोबार रकम
पहिलो दिन     २३३                 ३१०९३              ४२२३८६७      २०२५४८९०४२.१४
दोस्रो दिन        २३६                 २४९५१             ३७६१२९९      १४९४३९४६१३.६६
तेस्रो दिन      २३४                 १८०३६                २५८९९९७        ९५७०६०२२५.९६
चौंथो दिन        २३८                 १५६९१             २३५५८४५        ८४२६९५३०१.९९
पाँचौं दिन         २४१                 २११८६             ३८६५९६१     १३२२९७२१८५.६५
 कुुल                                   ११०९५७             १६७९६९६९     ६६४२६११०७२.४

                              (श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?