बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

लोकपथ
364
Shares

काठमाडौं । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

कांग्रेसका पाण्डेले १४ हजार २१५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् ।

बाजुरामा हाल २६ हजार ९४२ मत गणना भएको छ । बाजुरामा कूल ६० हजार १५२ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?