काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया