२२ माघ २०७९, आईतवार

‘कुभिण्डोको कथा’ का साथ अन्तर्राष्ट्रिय नाट्य महोत्सव सकिँदै

२०७९,मङ्सिर,१७,शनिवार १३:५८

27
Shares

काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ शुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सकिँदै छ । मंसिर ९ गते शुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै समापन हुन लागेको हो ।

मापन दिन आज दिउँसो १ बजे ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिसकसन हुँदैछ । सो कार्यक्रममा दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गर्नेछन् ।

त्यस्तै समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन हुँदैछ । मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको लोक कथामा आधारित यो नाटक प्रनिश मगरले लेखेका हुन् ।

विकास जोशीको सह–निर्देशन र पै्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
औपचारिक समापन कार्यक्रम भने साँझ ६ बजे हुँदैछ । जसमा नेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा तथा विभिन्न देशका निर्देशक, कलाकारहरुको आथित्यता रहनेछ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१७,शनिवार १३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छन् । ‘एक, दुई, तीन

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसंगत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

ताजा समाचार

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३
राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७