यी हुन् नकआउट चरणमा पुग्ने १६ राष्ट्र, अब कसको कोसँग प्रति प्रतिस्पर्धा ?

लोकपथ
546
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ ।

शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

समूह ‘बी’बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

नकआउट चरणमा कसको कोसँग प्रतिष्पर्धा ?

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

नेदरल्याण्ड्स भर्सेस अमेरिका

अर्जेन्टिना भर्सेस अष्ट्रेलिया

फ्रान्स भर्सेस पोल्याण्ड

इंग्ल्याण्ड भर्सेस सेनेगल

जापान भर्सेस क्रोएसिया

ब्राजिल भर्सेस दक्षिण कोरिया

मोरक्को भर्सेस स्पेन

पोर्चुगल भर्सेस स्वीजरल्याण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?