२३ माघ २०७९, सोमवार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

२०७९,मङ्सिर,१७,शनिवार ०७:३९

0
Shares

बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ुनेपालीु बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२।५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको सिएनएसका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तथ्याङ्कअनुसार रसमोर नेपालीको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीको जनसंख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए ।

त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीको संख्या ७ हजार ६४९ रहेको छ । सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्यांक थियो ।

त्यसपछि रेडिङमा ५ हजार ३४४ नेपाली छन् । सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौथो स्थानमा थियो । सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ ।

तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी रहेको पाइएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१७,शनिवार ०७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको

काठमाडौं । टर्की भूकम्पमा परि मृत्यु हुनेको संख्या एक जार दुई सय नाघेको छ । बारम्बार आएको शक्तिशाली परकम्पले जनजीवन

काठमाडौं । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ ।भूकम्पको धक्का ठूलो भएका कारण

काठमाडौं । दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८