पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा

लोकपथ
377
Shares

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हिचाले गोल गरे ।

पोर्चुगलका लागि रिकार्डो होर्टाले एक गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन । हारेपछि पोर्चुगल भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?