समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित

लोकपथ
130
Shares

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले हार बेहोरेको छ । शुक्रवार भएको खेलमा पोर्चुगल कोरियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ दुवै टोलीले १–१ गोलको बराबरी खेले पनि दोस्रो हाफमा थपिएको इन्जुरी टाइममा कोरियाले अग्रता बढाएपछि पोर्चुगलले हार बेहोरेको हो ।

पोर्चुगलका लागि रिर्चाड होर्टाले ५ औँ मिनेटमा एक गोल गरेपनि कोरियाका तर्फबाट किम योङ गोनले २७ तथा हीछानले ९१ औँ मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?