पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट चितवन क्षेत्र नम्बर ३ बाट सांसद बनेका रवीलाई बानियाले अब ‘सिरियस’ हुनेबेला आएको बताएका छन् ।

अब रवी पहिले जस्तो नभएको बताउँदै बानियाले लामिछानेलाई सिंगो युवा पुस्ताको उदय र बिलयसँग जोडिएको र सोही कारण हिजोको ह्यांगओभरबाट बाहिर आउन सजग गराएका हुन् ।

बानियाको सुझावमा रवी लामिछाने देशको विशेष ‘कन्टेन्ट’ भएको उल्लेख गरिएको छ । अब पनि ‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाले धेरै कुरा बिग्रने बानियाको पोष्टमा उल्लेख गरिएको छ ।

जुगेडी खोलाको पानी रामनगर पुर्याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ त्यो त मलाई थाहा भएन तर यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुन्थ्यो बानियाले आफ्नो सुझावमा लेखेका छन् ।

बानियाले थप्दै धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो नभएको भन्दै लामिछानेलाई मानक बस्न तर मानोपाथि नबन्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?